Kathmandu Press

 ‘नेकपाको भोलिको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ’

 ‘नेकपाको भोलिको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ’

काठमाडौं–  प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गर्ने भनिएको जनप्रदर्शन शान्तिपूर्ण हुने जनाइएको छ ।

संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर गरिने सो प्रदर्शन पूर्णतयः शान्तिपूर्ण हुने उक्त पार्टीको केन्द्रीय संघर्ष समितले जनाएको छ । संघर्ष समितिद्वारा आज जारी विज्ञप्तिमा आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न अपिल गरिएको छ ।     

प्रदर्शनमा घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई बिथोलेर अराजकता र द्वन्द्वतिर लैजाने प्रयासप्रति भने सचेत रहेको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन् । विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकूद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने बताइएको छ ।     
     
नेकपाले जनसमुदायलाई शान्तिपूर्ण, मर्यादित तर जुझारु रुपमा प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेको छ । 

प्रकाशित मिति: १९:२५ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्