Kathmandu Press

कांग्रेसको वडास्तरीय विरोध प्रदर्शन सफल भएको सभापति देउवाको दाबी

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले संसद् विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापी रूपमा गरेको शान्तिपूर्ण प्रदर्शन सफल भएको दाबी गरेका छन् ।...
कांग्रेसको वडास्तरीय विरोध प्रदर्शन सफल भएको सभापति देउवाको दाबी

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले संसद् विघटन, कुशासन र भ्रष्टाचारविरुद्ध आज देशव्यापी रूपमा गरेको शान्तिपूर्ण प्रदर्शन सफल भएको दाबी गरेका छन् । उनले प्रदर्शनमा  सहभागी  सबैप्रति बधाई तथा आभारसमेत व्यक्त गरेका छन् । 

सरकारले गरेको संसद् विघटनलाई अलोकतान्त्रिक कदम आरोप लगाउँदै कांग्रेसले आज देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गरेको थियो ।

उनले आज एक विज्ञप्तिमार्फत प्रदर्शन सफल बनाउन निरन्तर खटिएका पार्टीका गाउँ/नगर वडा कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यसहित शुभचिन्तकमा बधाई ज्ञापन गरेका छन् ।
 

प्रकाशित मिति: १९:१७ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्