Kathmandu Press

टोखा इन्काउन्टर : जेलबाट छुटेपछि एक करोडकाे धनमाल चोरी, घरजग्गा र बालुवा उद्योगमा लगानी

काठमाडौं, जेठ ६ : आज सोमबार विहान प्रहरी इन्काउन्टरमा परी घाइते भएका विष्णु तामाङले काठमाडौंका विभिन्न ठाउँमा चोरी–डकैती गरी एक करोड रुपैयाँभन्द....

टोखा इन्काउन्टर : जेलबाट छुटेपछि एक करोडकाे धनमाल चोरी, घरजग्गा र बालुवा उद्योगमा लगानी
रिवाज राई

काठमाडौं, जेठ ६ : आज सोमबार विहान प्रहरी इन्काउन्टरमा परी घाइते भएका विष्णु तामाङले काठमाडौंका विभिन्न ठाउँमा चोरी–डकैती गरी एक करोड रुपैयाँभन्दा बढी कुम्ल्याएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, तामाङले चोरी–डकैतीबाट कमाएकाे धन घरजग्गा कारोबार र गिटी–बालुवा उद्योगमा लगानी गरेका छन्। 

‘काले’ उपनामले समेत चिनिने तामाङ काठमाडौंकाे टोखाबाट पक्राउ परेका थिए। उनको दायाँ खुट्टामा गोली लागेको छ। उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ। अपराध महाशाखाका प्रहरी निरीक्षक भरत थापाका अनुसार, तामाङले चोरेकै सम्पत्तिले घर र गाडी पनि किनेका छन्। 

Hardik ivf

सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङ चोरी डकैतीका मुद्दामा यसअघि करिब ७ वर्ष जेल बसेका थिए। उनी २०७२ भदौमा मात्रै रिहा भएका थिए। 

जेलबाट छुटेको ४ वर्षमा पूर्व डिआईजीद्वय जयबहादुर चन्द र विश्वराज सिंहको घर समेत लुटेका थिए। उनीमाथि प्रहरीले लामो समयदेखि निगरानी गर्दै आएको थियो। उनी टोखामा लुकेर बसेका छन् भन्ने थाहा पाएर प्रहरीको एक टोली सोमबार विहान त्यहाँ पुगेको थियो। 

तामाङले प्रहरीमाथि नै आक्रमण गर्ने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको र त्यस क्रममा उनको खुट्टामा गोली लागेको प्रहरीको भनाइ छ।

प्रहरी निरीक्षक थापाका अनुसार, तामाङले स्वयम्भुबाट २० लाख बराबरको सुन, ललितपुरबाट ४४ लाख नगद र १८ लाख बराबरको गरगहना, नागार्जुुन नगरपलिकाबाट ६ लाख १५ र अन्य विभिन्न स्थानबाट २० लाख बराबारको सम्पत्ति र करिब आधा दर्जन मोटरसाइकल चोरेको उजुरी परेको थियो। 
 

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, जेठ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्