Kathmandu Press

भारतीय प्रधानमन्त्री मोदीसहित मुख्यमन्त्रीहरुले दोस्रो चरणमा काेराेनाविरुद्धकाे खोप लगाउने

नयाँदिल्ली, माघ ८ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन्। भारतमा यही जनवरी १६ मा...
भारतीय प्रधानमन्त्री मोदीसहित मुख्यमन्त्रीहरुले दोस्रो चरणमा काेराेनाविरुद्धकाे खोप लगाउने

नयाँदिल्ली, माघ ८ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन्। 

भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ। पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ। 

सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा शुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ। 

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्