Kathmandu Press

कांग्रेसद्वारा छायाँ सरकार घोषणा (छायाँ मन्त्रीको सूचीसहित)

काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ। कांग्रेस संसदीय दलको विधान बमोजिम पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार छायाँ स....

कांग्रेसद्वारा छायाँ सरकार घोषणा (छायाँ मन्त्रीको सूचीसहित)

काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ। कांग्रेस संसदीय दलको विधान बमोजिम पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार छायाँ सरकार गठन गरेका हुन्। छायाँ सरकारअन्तर्गतका हरेक मन्त्रालयमा एक संयोजक र दुई सदस्य तोकिएका छन्।

उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयको संयोजकमा ज्ञानेन्द्र बहादुर कार्की रहेका छन् । अन्य सदस्यहरुमा सत्यनारायण खनाल र ज्ञान कुमारी छन्त्याललाई राखिएको छ।

परराष्ट्र मन्त्रालयमा डा. नारायण खड्कालाई संयोजक तोकिएको छ। डा.अमरेश कुमार सिंह र दिव्यमणी राजभण्डारीलाई सदस्य तोकिएको छ।

अर्थमन्त्रालयको संयोजकको जिम्मेवारी डा. मिनेन्द्र रिजालले पाएका छन्। जसमा मीना पाण्डे र विनोद कुमार चौधरी समेत सदस्य छन्। 

गृह मन्त्रालयको संयोजक दिलेन्द्र प्रसाद बडुलाई तोकिएको छ। सदस्यहरुमाा रमेशजंग रायमाझी र महेन्द्र कुमारी लिम्बू छन्।

शहरी विकास मन्त्रालयक संयोजक उमाकान्त चौधरीलाई तोकिएको छ । सदस्यहरुमा रंगमति शाही र दुर्गा प्रसाद उपाध्याय छन्। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी मीन कुमार विश्वकर्मालाई दिइएको छ भने सदस्यहरुमा विन्दा देवी आले मगर र कर्मा घले रहेका छन्।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा गगन कुमार थापालाई संयोजक तोकिएको छ भने सदस्यहरुमा उमेश श्रेष्ठ र नमिता कुमारी चौधरी रहेका छन्।

खानेपानी मन्त्रालयको जिम्मेवारी सुजाता परियारलाई दिइएको छ। सदस्यहरुमा मीना सुब्बा र नगेन्द्र कुमार राय छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डि.सी चौधरीलाई संयोजक तोकिएको छ भने सदस्यहरुमा सीताराम महतो र मोहन आचार्य सदस्य तोकिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा देवेन्द्रराज कँडेललाई संयोजक तोकिएको छ भने सदस्यहरुमा प्रकाश स्नेही रसाइली र प्रमिला राई रहेका छन्।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा डा. डिला संग्रौला पन्तलाई संयोजक तोकिएको छ भने सदस्यमा प्रकाश पन्थ छन्। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा बहादुर सिंह लामा छन्। सूर्यबहादुर केसी र विमला नेपाली सदस्य छन्। 

भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयोजकमा लक्ष्मी परियार छिन्।  सदस्यहरुमा प्रमोद कुमार यादव र स्मृति नारायण चौधरी छन्। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी अतहर कमाल मुसलमानलाई दिइएकाे छ। सदस्यहरुमा तेजुलाल चौधरी र धन कुमारी खतिवडा छन्।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी उमा रेग्मीलाई दिइएकाे छ। सदस्यहरुमा लालकाजी गुरुङ र हिरा गुरुङ छन्।

रक्षा मन्त्रालयको जिम्मेवारी भिमसेनदास प्रधानलाई दिइएको छ भने समस्यमा भने अभिषेक प्रताम शाह छन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा सञ्जय कुमार गौतमलाई तोकिएको छ । भने जीप छिरिङ लामा र देवप्रसाद तिमिल्सिनालाई सदस्य तोकिएको छ । 

वन तथा वातावरण मन्त्रालयमा राजेन्द्र कुमार केसीलाई संयोजक तोकिएको छ । भने सदस्यमा भने मुक्त कुमारी यादवलाई तोकिएको छ । भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको संयोजकमा राधेश्याम अधिकारीलाई तोकिएको छ । सोमबार संसदीय दलका नेता शेरबहादुर देउवाका निजि सचिव केशवराज जोशीले हस्ताक्षर गरेर विज्ञप्ति जारी गर्दै छायाँ सरकार गठन गरेको जनाएको छ । 

 

प्रकाशित मिति: १६:०४ बजे, सोमबार, जेठ ६, २०७६