Kathmandu Press

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौं, माघ ८ : नेपालमा कोरोना संक्रमणको कारण थप ४ जनाको मृत्यु भएको छ। स्वास्थय तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर गत २४ घण्टामा ४ जनाको कोरोना संक्रमितको मृत्यु भएको हो। 

योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको छ।

त्यस्तै, यो अवधिमा देशभर थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ जना पुगेको छ। 

साथै, गत २४ घण्टामा २२६ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ। 

मन्त्रालयको अनुसार निको हुनेको दर ९७.९ प्रतिशत रहेको छ।

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्