Kathmandu Press

थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ८ : नेपालमा गत २४ घण्टामा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३० जनामा गरिएको...
थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ८ : नेपालमा गत २४ घण्टामा थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०३० जनामा गरिएको परीक्षणमा बिहीबार थप ३३६ जनामा संक्रमण पुष्टि भएको हो। 

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ जना पुगेको छ। 

त्यस्तै, गत २४ घण्टामा २२६ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ। 

मन्त्रालयको अनुसार निको हुनेको दर ९७.९ प्रतिशत रहेको छ।
 

प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्