शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : पहाडी
भजनी, माघ ८ : मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका...
भजनी, माघ ८ : मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन्।
समाज कैलालीको आजको कार्यक्रममा मानवाधिकारवादी पहाडीले विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राखे। ‘राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनःस्थापनाको पक्षमा लाग्न जरुरी छ,’उनले भने।
समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शंका पैदा गरेको विचार व्यक्त गरे।
प्रकाशित मिति: १५:१५ बजे, बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











