Kathmandu Press

काठमाडौं पुग्यो भारतले दिएको कोरोना खोप (तस्बिरहरु)

काठमाडौं, माघ ८ : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं पुगेको छ।एयर इन्डियाको जहाजबाट १० लाख खोप काठमाडौं पुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय...
काठमाडौं पुग्यो भारतले दिएको कोरोना खोप (तस्बिरहरु)

काठमाडौं, माघ ८ : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं पुगेको छ।

एयर इन्डियाको जहाजबाट १० लाख खोप काठमाडौं पुगेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन्।

Hardik ivf

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप कोभिसिल्ड भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो। त्यहि कोभिसिल्ड नेपाललाई पनि दिएको हो।

भारतले दिएको १० लाख खोप अर्को सातादेखि लगाउन थालिने जनाएको छ। यो करिब चार लाख जनालाई लगाउन पुग्नेछ। एक जनालाई दुईपटक लगाउनुपर्छ।

पहिलो चरणमा फ्रन्टालइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सामाजिक कार्यकर्तालाई लगाइनेछ।

 

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्