Kathmandu Press

सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक    

नेपाली शान्ति सैनिक मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउन्ट हर्मन क्षेत्रमा खटिएको छ । 
सिरियाको हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिक    

काठमाडौं–  नेपाली शान्ति सैनिक मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउन्ट हर्मन क्षेत्रमा खटिएको छ । 

उक्त क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखिको सिरिया र इजरायलबीच भएको विवाद अहिले पनि कायमै छ । संयुक्त राष्ट्रसंघले उक्त विषयमा विवाद उपन्न भएदेखि नै शान्ति सैनिक त्यस क्षेत्रमा तैनाथ गरिरहेको छ । विश्वकै सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठूलो संख्यामा विद्युतीय धराप रहेको बताइएको छ । सो क्षेत्रमा द्वन्द्वरत सशस्त्र समूहको चलखेल पनि धेरै नै हुने गरेको जानकारी दिइएको छ ।     

उक्त क्षेत्रमा २० फिट हिउँ र माइनस २० डिग्री सेन्टिग्रेडको सिरेटोमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   
     
 

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्