Kathmandu Press

आज पनि ६ सय बढ्यो सुनको मूल्य

काठमाडौं, माघ ८ : आज पनि सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज ६ सय रुपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल...
आज पनि ६ सय बढ्यो सुनको मूल्य

काठमाडौं, माघ ८ : आज पनि सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९३ हजार एक सयमा कारोबार भइरहेको छ। बुधबार ९२ हजार पाँच सयमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ९२ हजार ६ सय पुगेको छ। बुधबार ९२ हजारमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति: ११:३२ बजे, बिहीबार, माघ ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्