Kathmandu Press

जिल्लामा पनि निर्वाचनको तयारी सुरु

भोजपुर, माघ ८ : निर्वाचनको मिति घोषणा भएसँगै जिल्ला जिल्लामा तयारी सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय, भोजपुरले पनि तयारी अघि बढाएको छ।कार्यालयले...
जिल्लामा पनि निर्वाचनको तयारी सुरु

भोजपुर, माघ ८ : निर्वाचनको मिति घोषणा भएसँगै जिल्ला जिल्लामा तयारी सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय, भोजपुरले पनि तयारी अघि बढाएको छ।

कार्यालयले सम्भावित मतदानस्थल र केन्द्रमा हेरफेर गर्नेलगायत सामान्य त्रुटि सच्याउने काम सुरु गरेको जनाएको छ। सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि स्थानीय तहका प्रमुखसँग छलफल गरेको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न स्थानीय तहमा रहेका फेरबदल गर्नुपर्ने मतदानस्थल तथा मतदान केन्द्र छनोटसमेत गरेको छ। बैठकले षडानन्द नगरपालिका–२ साविककोे गाविस भवनमा रहेको मतदानस्थललाई परिर्वतन गरेर सावित्री माध्यमिक विद्यालय कुदाकाउलेमा कायम गर्ने निर्णय गरेको छ।

त्यस्तै सोही नगरपालिका–६ जनकल्याण आधारभूत विद्यालयको कोड नं ३८४३ स्थललाई हटाएर सरस्वती आधारभूत विद्यालय साल्मा कायम गर्ने भएको छ।

अरुण गाउँपालिका–६ साविकको गाविस भवनमा रहेको मतदानस्थललाई हटाएर नयाँ मतदानस्थलका रूपमा महेन्द्रोदय माध्यमिक विद्यालय जरायोटार राख्ने र आमचोक गाउँपालिका– ६ देवानटारको साविकको गाविस भवनमा रहेको कोड नं ४०७० मतदान केन्द्र हटाएर नयाँ मतदानस्थल शिक्षाकन्या माध्यमिक विद्यालय देवानटारलाई कायम गर्ने निर्णय भएको छ।

त्यस्तै वडा नम्बर ७ मान्द्रे चम्पाला सामुदायिक भवनमा रहेको मतदानस्थललाई परिवर्तन गरेर महिला विकास भवनमा र वडा नम्बर ८ जनजागृति निमावि जरेकोटमा रहेको मतदानस्थललाई हटाएर मुक्ति प्राथमिक विद्यालयमा नयाँ मतदानस्थल कायम गरिएको निर्वाचन कार्यालय भोजपुरका प्रमुख पवनकुमार रेग्मीले बताए।

मतदाता शिक्षा तथा स्थल र केन्द्रका विषयमा राजनीतिक दल र स्थानीय तहसँग छलफलसमेत भइरहेको उनको भनाइ छ। जिल्लाभर ८७ मतदानस्थल र १५४ मतदान केन्द्र रहेका छन्।

यसअघिको  निर्वाचनमा भन्दा छ वटा मतदान केन्द्र थप भएको कार्यालयले जनाएको छ। अबका दिनमा मतदाता अध्यावधिकको काम शुरु गर्ने कार्यालयले जनाएको छ। (रासस)

प्रकाशित मिति: १०:३८ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्