Kathmandu Press

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

सप्तरी, माघ ८ : सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका...
मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

सप्तरी, माघ ८ : सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  

दुर्घटनामा खडक नगरपालिका–११ का २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र मोटरसाइकलमा सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए।

त्यस्तै मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी घाइते भएका छन्। घाइते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल चालक साहसहित तीन जना सवार प्रदेश नं २–०१–००१ प ६१४६ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा हुलाकी सडकखण्डको हुलाकी सडक परियोजना क्याम्प नजिक आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

प्रकाशित मिति: १०:०५ बजे, बिहीबार, माघ ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्