Kathmandu Press

सार्वजनिक गाडीमा विशेष प्रहरी टोली परिचालन गरिँदै

काठमाडौं, जेठ ६ : महिलामाथि हुने हिंसा रोक्न प्रहरीले सार्वजनिक यातायातका साधनमा विशेष प्रहरी टोली परिचालन गर्न लागेको छ।

सार्वजानिक यातायात....

सार्वजनिक गाडीमा विशेष प्रहरी टोली परिचालन गरिँदै

काठमाडौं, जेठ ६ : महिलामाथि हुने हिंसा रोक्न प्रहरीले सार्वजनिक यातायातका साधनमा विशेष प्रहरी टोली परिचालन गर्न लागेको छ।

सार्वजानिक यातायातमा महिलामाथि हिंसा हुने गरेको उजुरी आउन थालेपछि प्रहरीले विशेष टोली परिचालन गर्ने भएको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले महिलामाथिका हिंसा रोक्न विशेष प्रहरी टोली परिचालन गरिने लागेको बताए।

‘सार्वजनिक सवारी साधनमा महिलामाथि हुने हिंसा रोक्न र पीडकलाई कारवाही गर्न थप विशेष टोली परिचालन गर्दैछौं,’ क्षेत्रीले भने। उपत्यकाका धेरै चाप हुने मार्गका सवारी साधानमा यस अघि पनि प्रहरी टोली परिचालन गरिएको थियो।

गत वर्ष परिचालन गरिएका विशेष टोलीले महिलामाथि भएका हिंसामा दुई सय ४३ जनालाई पक्राउ गरेको थियो। विशेष गरेर बस र माइक्रोबसमा विशेष टोली परिचालन हुनेछ।

सवारीको चाप धेरै रहेको क्षेत्रलाई प्राथमिकतामा राखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

प्रकाशित मिति: १३:३३ बजे, सोमबार, जेठ ६, २०७६