Kathmandu Press

जग्गा किर्ते गरी ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ

उनीहरुले मीना खड्काको नामको साविक थानकोट–५ को क्षेत्रफल १ रोपनी ४ आना जग्गालाई खड्का बेल्जियम रहेको बेलामा नक्कली मीना खड्का बनी बिक्री  गरेको अनुसन्धानबाट खुल्न आएको छ । 
जग्गा किर्ते गरी ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं– जग्गा किर्ते गरी बिक्री गरेर ७२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मालपोत कार्यालय कलंकीमा नायब सुब्बा पदमा कार्यरत नुवाकोट ककनी गाउँपालिका–८ घर भएका नारायण श्रेष्ठ र तत्काल सोही कार्यालयका शाखा अधितकृत पदमा कार्यरत काठमाडौं टोखा नगरपालिका–४ बस्ने दीपक दाहाल रहेका छन् । 

उनीहरुले मीना खड्काको नामको साविक थानकोट–५ को क्षेत्रफल १ रोपनी ४ आना जग्गालाई खड्का बेल्जियम रहेको बेलामा नक्कली मीना खड्का बनी बिक्री  गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।
 
प्रकाशित मिति: १८:५९ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्