नेपालमा ९७.९ प्रतिशत कोरोना संक्रमित निको भए
हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० मध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् । आज थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ ।
काठमाडौं– पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थप ५ हजार १२ स्वाब परीक्षण गर्दा ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० मध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् । आज थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ ।
हालसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ । गत २४ घण्टामा थप छको मृत्युसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९७५ पुगेको छ ।
प्रकाशित मिति: १८:५० बजे, बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार