कोरोना संक्रमणविरुद्ध लेखनवृत्तिबाट ३५ पत्रकार सम्मानित हुने (नामावलीसहित)
कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ पत्रकारलाई कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।
काठमाडौँ– कोरोना संक्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ पत्रकारलाई कोरोना संक्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीको साझा संस्था एनआरएनएको सहयोग एवं पत्रकार महासंघसँगको सहकार्यमा सो सम्मान प्रदान गरिने भएको हो ।
कोरोना संक्रमणविरुद्ध आफूले प्रकाशन/प्रसारण गरेका चेतनामूलक समाचार सामग्री पठाउन सूचित गरेबमोजिम प्राप्त २८५ समाचार सामग्रीमध्ये समाचार सामग्रीको विषयवस्तु, खोज, प्रस्तुति, समाचारको सन्देश, भाषा तथा लेखनशैली एवं भौगोलिक, विधागत, समावेशीतासमेतका आधारमा ३५ जनालाई लेखनवृत्ति पत्रकारिता सम्मानका लागि छनोट समितिवाट छनोट गरिएको हो । छनोट भएका सबै पत्रकारलाई नगद १० हजारसहित सम्मानपत्रबाट सम्मानित गरिनेछ ।
सम्मानका लागि छनोटमा परेका पत्रकारहरु
१. इश्वरी बराल थाहा सञ्चार नेटवर्क, काठमाडौं
२. प्रकाश पन्त विविसी नेपाली सेवा, सुर्खेत
३. पूर्णचन्द्र घिमिरे रेडियो नेपाल, काठमाडौं
४. बिनु तिम्सिना नेपाल टेलिभिजन, मोरङ
५. इन्द्रप्रसाद पौडेल कान्तिपुर टेलिभिजन, कास्की
६. नरेन्द्र मानन्धर इमेज च्यानल, काठमाडौं प्रतिष्ठान
७. सिजर्ना बराल, हिमालय टिभी, अष्ट्रेलिया
८. बिज्जु महर्जन कान्तिपुर दैनिक, फोटो पत्रकार
९. दमन राई नागरिक दैनिक, खोटाङ
१०. फातिमा बानु कान्तिपुर दैनिक, काठमाडौं
११. जिवन लामा नेपाल समाचारपत्र दैनिक, दोलखा
१२. लक्ष्मी बस्नेत हिमाल खबर पत्रिका, काठमाडौं
१३. खेमराज वली, अनलाइन खबर, अष्ट्रेलिया
१४. ललित बुढा, सुर्खेत
१५. नरहरी सापकोटा नागरिक दैनिक, गोरखा
१६. शंकर धामी दार्चुला सन्देश दैनिक
१७. सरोज ढुंगेल गोरखापत्र दैनिक, काठमाडौं
१८. शिवराज भट्ट, अन्नपूर्ण पोष्ट, कैलाली
१९. राधेश्याम खतिवडा चितवन पोष्ट, चितवन
२०. चन्दमणि भट्टराई काठमाडौं अनलाइन
२१. डुन्डुराज आचार्य न्यूज कारोबार अनलाइन,
२२. धु्रव लम्साल राजधानी दैनिक, काठमाडौं
२३. नमिन ढकाल लोक सन्देश अनलाइन, इलाम
२४. फणीन्द्र फुयाँल झिल्को अनलाइन, काठमाडौं
२५. रामहरी कार्की दैनिकी न्युज अनलाइन, ललितपुर
२६. संगीन शर्मा काँचुली खबर अनलाइन, बाँके
२७. शिवराज योगी अक्षरपाटि अनलाइन, काठमाडौं
२८. सिर्जना तिम्सिना मिर्मिरे अनलाइन, काठमाडौं
२९ .सुरेश विडारी अनलाइन खबर डटकम, पर्सा
३०. भगवती थापा रासस, भक्तपुर
३१. रामकृष्ण लामिछाने, पर्वत
३२. महेश्वर गौतम, राजधानी दैनिक
३३. पोषनाथ अधिकारी, धादिङ
३४ शिव सिलवाल एनटिभी, धादिङ
३५ श्रीजनकुमार झा, काठमाडौ











