काठमाडौं उपत्यकामा थपिए १४५ कोरोना संक्रमित
काठमाडौं, माघ ७ : काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उपत्यकामा थपिएका संक्रमित मध्ये...
काठमाडौं, माघ ७ : काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार उपत्यकामा थपिएका संक्रमित मध्ये भक्तपुरमा ३, ललितपुरमा २६ र काठमाडौंमा ११६ जना रहेका छन्।
त्यस्तै, बुधबार देशभर थप ३१८ जनामा संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ।
गत २४ घण्टामा ३८३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ।
प्रकाशित मिति: १६:४१ बजे, बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











