थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, माघ ७ : नेपालमा थप ३१८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार ५०१२ जनामा गरिएको परीक्षणमा ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...
काठमाडौं, माघ ७ : नेपालमा थप ३१८ जनमा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार ५०१२ जनामा गरिएको परीक्षणमा ३१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ।
त्यस्तै गत २४ घण्टामा ३८३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ।
प्रकाशित मिति: १६:३८ बजे, बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











