Kathmandu Press

सीमित व्यवसायीको मिलेमतोका कारण निर्माण सामग्रीको मूल्य बढ्यो : महासंघ

काठमाडौं, माघ ७ : केही निर्माण व्यवसायीहरुको मिलेमतोमा निर्माण सामग्रीहरुको मूल्यवृद्धि अत्याधिक भएको प्रदेश ३ निर्माण व्यवसायी महासंघले बताएको छ । मुख्यमन्त्रीलाई ज्ञापनपत्र...
सीमित व्यवसायीको मिलेमतोका कारण निर्माण सामग्रीको मूल्य बढ्यो : महासंघ

काठमाडौं, माघ ७ : केही निर्माण व्यवसायीहरुको मिलेमतोमा निर्माण सामग्रीहरुको मूल्यवृद्धि अत्याधिक भएको प्रदेश ३ निर्माण व्यवसायी महासंघले बताएको छ । मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै महासंघले देशभर नदीजन्य र खानीजन्य निर्माण सामग्रीहरु उत्खनन तथा बिक्री वितरणमा देखिएको असहज परिस्थितका निर्माण सामग्रीमा भएको अत्याधिक मूल्यवृद्धि प्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै अस्वभाविक रुपमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको छ। 

‘कोरोना भाइसका कारण उत्पन्न विषम परिस्थितिमा अन्तर्राष्ट्रिय मुद्रा (डलर) र फलाम ब्लेडको मूल्य थोरै बढेको तर फलाम जन्य निर्माण सामग्री तथा डण्डी, पाता, जिआई तार, ग्याबिन तार उत्पादक कम्पनीहरुले सो अनुपातिमा धेरै मूल्यवृद्धि भएको देखाई एकतर्फी रुपमा कार्टेलिङ गरी निर्माण सामग्रीको मूल्य अस्वभाविक रुपमा बढाएका छन्,’ महासंघले भनेको छ। कोरोना कहरमा निर्माण व्यवसायीहरु आ–आफ्नो कार्यमा अहोरात्र खटिनु पर्ने समयमा विषम परिस्थितिको फाइदा उठाएर निर्माण सामग्री र ढुवानीमा अत्याधिक मूल्यवृद्धि गरेको महासंघको अरोप छ।

फलामजन्य निर्माण सामग्रीमा २० देखि ५० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। यस्तै नदिजन्य तथा खानीजन्य सामग्रीको मूल्य दोब्बर भएको प्रदेश ३ निर्माण व्यवसायी महासंघका अध्यक्ष सुबति श्रेष्ठले जनकारी दिए। ‘अहिले कृत्रिम रुपमा भएको अस्वभाविक मूल्यवृद्धिले १ वर्षसम्म अवधि भएका निर्माण कार्यमा मूल्य समायोजन नहुने भएकाले साना निर्माण व्यवसायीहरु आर्थिक रुपले धरासायी हुने छन्’,अध्यक्ष श्रेष्ठले भने, ‘विषम परिस्थितिको फाइदा उठाउँदै निर्माण सामग्रीको मूल्यमा गरिएको अनावश्यक कालोबजारीलाई रोक्न सरकारले प्रभावकारी रुपले अनुगमन गरी मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल पहल गर्न अनुरोध गर्दाछौं।’

कोरोना भाइरसका कारण गरिएको लकडाउनको अवधिसम्म विकास निर्माणका कार्य हुन नसकेको अवधिलाई सार्वजनिक खरिद ऐनले महामारीलाई विषम परिस्थिति परिभाषित गरेकाले ६ हजार परियोजना एवं ठेक्काहरुको म्याद स्वतः एक वर्ष थप गर्न पनि महासंघले माग गरेको छ।
 

प्रकाशित मिति: १६:१६ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्