पौडी खेल्दा त्रिशूलीमा डुबेर युवकको मृत्यु
धादिङ, जेठ ६ : त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।
काठमाडौँबाट पोखरा घुम्न निस्केका बझाङका २५ वर्षीय मनोज बोहरा....

धादिङ, जेठ ६ : त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ।
काठमाडौँबाट पोखरा घुम्न निस्केका बझाङका २५ वर्षीय मनोज बोहराको धादिङको गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार, पौडी खेल्दा डुबेपछि उनीसँगै भएका अन्य युवकले उद्धार गर्न सकेनन्।
काठमाडौँबाट चार जना मोटरसाइकलमा पोखरा जादै थिए। गर्मी भएपछि नदीमा नुहाएका थिए।
प्रकाशित मिति: ११:२९ बजे, सोमबार, जेठ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











