Kathmandu Press

महाराजगञ्जस्थित पवित्रनगरकाे झाडीमा नवजात शिशु फेला

काठमाडौं, माघ ७ : काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा बुधबार बिहान नवजात शिशु फेला परेको छ।झाडीमा शिशु रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको...
महाराजगञ्जस्थित पवित्रनगरकाे झाडीमा नवजात शिशु फेला

काठमाडौं, माघ ७ : काठमाडौंको महाराजगञ्जस्थित पवित्रनगरमा बुधबार बिहान नवजात शिशु फेला परेको छ।

झाडीमा शिशु रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

स्थानीयको खबरपछि गएर हेर्दा भर्खरै जन्मेको शिशु फेला परेको प्रहरीले जनाएको छ। शिशुको अहिले कान्तिबाल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले शिशु फाल्ने २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ। उनको पनि कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:५२ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्