Kathmandu Press

गोली हानेर डकैतीका फरार आरोपीलाई पक्राउ

काठमडाौं, जेठ ६ : प्रहरीले गोली हानेर डकैतीको घटनामा फरार रहेका एक आरोपीलाई पक्राउ गरेको छ।

आज बिहान काठमाडौंको टोखाबाट डकैतीको आरोप लागेका ....

गोली हानेर डकैतीका फरार आरोपीलाई पक्राउ

काठमडाौं, जेठ ६ : प्रहरीले गोली हानेर डकैतीको घटनामा फरार रहेका एक आरोपीलाई पक्राउ गरेको छ।

आज बिहान काठमाडौंको टोखाबाट डकैतीको आरोप लागेका ‘काले’ भनिने बिष्णु तामाङलाई गोली हानेर पक्राउ गरिएको हो।

उनी यस अघि पूर्वएआइजी जयबहादुर चन्द र पूर्वडीआईजी विश्वराज शाहीको घरमा चोरी गरेको आरोप पक्राउ परेका थिए। त्यसमा जेल सजाय काटेर मुक्त भएपछि फेरि चोरी डकैतीमा लागेको प्रहरीले जनाएको छ।

उनले सात ठाउँमा चोरी डकैती गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

सोमबार बिहान टोखामा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्दा भाग्न खोजेका थिए। प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि घुँडामूनि गोली हानेर पक्राउ गरिएको महाशाखाले जनाएको छ।

उनको वीर अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:५४ बजे, सोमबार, जेठ ६, २०७६