पाकिस्तानका लागि नेपालका राजदूत अधिकारीले बुझाए ओहोदाको प्रमाणपत्र
पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले मंगलबार त्यहाँका राष्ट्रपति डा. अरिफ एल्भीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।‘करिअर डिप्लोम्याट’ अधिकारीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले...
पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले मंगलबार त्यहाँका राष्ट्रपति डा. अरिफ एल्भीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
‘करिअर डिप्लोम्याट’ अधिकारीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गत ६ कात्तिकमा पाकिस्तानका लागि राजदूत नियुक्त गरेकी थिइन् ।
ओहोदाको प्रमाणपत्र हस्तान्तरण समारोहमा राष्ट्रपति डा. एल्भीले मित्रराष्ट्रहरूसँग व्यापार, लगानी, रक्षा र सांस्कृतिक समन्वयलाई पाकिस्तानले प्राथमिकता दिएको बताए ।
पाकिस्तानमा विश्वभर सम्मानित भगवान् गौतम बुद्धसँग सम्बन्धित धार्मिक स्थलहरू रहेको उल्लेख गर्दै राष्ट्रपति डा. एल्भीले मित्रराष्ट्रहरूबाट ती स्थलमाप्रशस्त मात्रामा पर्यटक भित्र्याउने योजना रहेको उल्लेख गरे ।
समारोहमा राजदूत अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका तर्फबाट राष्ट्रपति डा. एल्भीको सुस्वास्थ्यको कामना व्यक्त गरे । साथमा पाकिस्ताका जनताको निरन्तर समुन्नति र समृद्धिको कामना पनि गरे ।
यस्तै, ‘नयाँ पाकिस्तान’ नाराका साथ आर्थिक विकासमा अगाडि बढ्ने पाकिस्तान सरकारको दीर्घकालीन योजनाका लागि राजदूत अधिकारीले बधाइ पनि दिए ।
राजदूत अधिकारीसँगै दक्षिण कोरिया, बेलारुसलगायत मुलुकका राजदूतले पनि राष्ट्रपति डा. एल्भीलाई ओहोदाको प्रमाणपत्र बुझाएका थिए ।











