Kathmandu Press

पेस्तोल र बन्दुकसहित दुई जना पक्राउ 

प्रहरीले विभिन्न हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाबाट एक र बाजुराबाट एक जनालाई पक्राउ गरेको  छ ।
पेस्तोल र बन्दुकसहित दुई जना पक्राउ 

प्रहरीले विभिन्न हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाबाट एक र बाजुराबाट एक जनालाई पक्राउ गरेको  छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१९ बाउन्न बिघा जाने बाटो नजिकबाट २ थान कटुवा पेस्तोलसहित लक्ष्मिनियाँ गाउँपालिका–१ सोहनी बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    

त्यस्तै, बाजुराको छेडेदह गाउँपालिका–६ सुदाडा बस्ने ३० वर्षीय लाल सेजुवाललाई ३ थान भरुवा बन्दुक, १ थान जंगली जनावर घोरल र रतुवाको जस्तो देखिने २ थान छालासहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले सेजुवालको घर तलासी लिने क्रममा उक्त हतियार र छालासहित फेला पारी उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न फरार अन्य २ जनाको प्रहरीले खोजी गरिरहेको छ । 
 

प्रकाशित मिति: १२:४८ बजे, बुधबार, माघ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्