प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र प्रदेश १ ब्याटिङमा
काठमाडौं, माघ ७ : चौंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइररहेका छन्। त्रिभुवन आर्मी क्लब र प्रदेश नं...
काठमाडौं, माघ ७ : चौंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइररहेका छन्। त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ तथा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच अहिले खेल भइरहेको छ। सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ ले ब्याटिङ गरिरहेका छन्।
मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा टस जितेर प्रदेश १ ब्याटिङमा उत्रेको हो। प्रदेश १ ले २६ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ८६ रन बनाएको छ। उपाधिको दाबेदार मानिएको आर्मी लगातार तेस्रो जितको खोजीमा हुनेछ। यसअघि उसले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराइसकेको छ।आर्मी चार अङ्कसहित लिगको शीर्ष स्थानमा छ।
यसैगरी अर्को खेल कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पुलिस क्लब र सुदूरपश्चिमबीच भइरहेको छ। टस हारेपछि अहिले सुदूरपश्चिम ब्याटिङ गरिरहेको छ। सुदूरपश्चिमले २९ ओभरको खेल सकिँदा सात विकेट गुमाएर १०४ रन बनाएको छ। दुबै टोली पहिलो जितको खोजीमा छन्।











