Kathmandu Press

उकालो लाग्यो सुनको मूल्य

काठमाडौं, माघ ७ : एक सातापछि सुनको मूल्य उकालो लागेको छ। आज प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल...
उकालो लाग्यो सुनको मूल्य

काठमाडौं, माघ ७ : एक सातापछि सुनको मूल्य उकालो लागेको छ। आज प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ। मंगलबार ९२ हजारमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन पनि बढेर ९२ हजार पुगेको छ। मंगलबार ९१ हजार पाँच सयमा कारोबार भएको थियो।

यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार दुई सय ६० रुपैयाँ पुगेको छ। मंगलबार एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: ११:४५ बजे, बुधबार, माघ ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्