जग्गाधनीलाई थाहै निदइ जग्गा नामसारी गर्ने कावा वडाध्यक्ष र सचिव पक्राउ
वीरेन्द्रनगर, माघ ७ : जग्गाधनीलाई थाहै नदिई दलाल र मालपोत कर्मचारीसँग मिलेर जग्गा नाम सारी गरेको आरोपमा कार्यवाहक वडाध्यक्ष र वडा सचिव पक्राउ...
वीरेन्द्रनगर, माघ ७ : जग्गाधनीलाई थाहै नदिई दलाल र मालपोत कर्मचारीसँग मिलेर जग्गा नाम सारी गरेको आरोपमा कार्यवाहक वडाध्यक्ष र वडा सचिव पक्राउ परेका छन्।
सुर्खेतको वीरेद्रद्रनगर नगरपालिका–६ का सौगात रावतको जग्गा किनबेचका लागि सिफारिस गरेको आरोपमा वीरेन्द्रनगर-१२ का कार्यवाहक वडाध्यक्ष रामप्रसाद दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले यसअघि मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप सावत र आवश्यक कागजात लिखित गर्ने अम्मरसिंह कटुवाललाई पक्राउ गरेको थियो।
चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:२४ बजे, बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











