Kathmandu Press

विषयकेन्द्रित बहस गर्न प्रधानन्यायाधीशको आग्रह    

अधिवक्ता हर्कबहादुर रावलले बहसका क्रममा आफू आठ जिल्लामा ‘एलडिओ’ भएर काम गरिसकेको, निजामती सेवामा लामो समय काम गरेको इजलाससामु राखेपछि प्रधानन्यायाधीश राणाले भने, ‘तपाईंको जन्मदेखिका कुरा यहाँ नगर्नुस्, विषयवस्तुमा ध्यान दिनुस् ।
विषयकेन्द्रित बहस गर्न प्रधानन्यायाधीशको आग्रह    

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले विषयवस्तुमा केन्द्रित भएर बहस गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विषय केन्द्रित भएर सुनुवाइ आइतबारदेखि शुरु भएको हो । 

रिट निवेदकका तर्फबाट बहस गर्दा धेरै लामो बहस गर्ने तर विषयवस्तुमा केन्द्रित नभई धेरै लामो बहस गर्दा समय पनि धेरै लाग्ने र निष्कर्ष पनि नआउने देखिएपछि प्रधानन्यायाधीश राणाले विषयकेन्द्रित बहस गर्न आग्रह गरेका हुन् ।
 
अधिवक्ता हर्कबहादुर रावलले बहसका क्रममा आफू आठ जिल्लामा ‘एलडिओ’ भएर काम गरिसकेको, निजामती सेवामा लामो समय काम गरेको इजलाससामु राखेपछि प्रधानन्यायाधीश राणाले भने, ‘तपाईंको जन्मदेखिका कुरा यहाँ नगर्नुस्, विषयवस्तुमा ध्यान दिनुस् ।’ त्यसपछि अधिवक्ता रावल मुद्दामा केन्द्रित भएका थिए ।


 

प्रकाशित मिति: २१:११ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्