Kathmandu Press

झडपमा परी वडाध्यक्ष र प्रहरी घाइते 

झडप हुँदा वडाध्यक्ष शाही र भीड नियन्त्रण गर्ने क्रममा भीडले ढुंगा प्रहार गर्दा ३ जना प्रहरी घाइते भएका हुन् ।
झडपमा परी वडाध्यक्ष र प्रहरी घाइते 

रुकुम (पश्चिम)– आठबिसकोट नगरपालिका–९ राडी बजारमा राजनीतिक पूर्व रिसईबीका कारण दुई पक्षबीच भएको झडपमा सोही वडाका अध्यक्ष तारकबहादुर शाही समेत ४ जना घाइते भएका छन् ।  

नेपाली कांग्रेस र नेकपा (प्रचण्ड) माधव समूहका कार्यकर्ताबीच सोमबार साँझ पूर्व रिसईबीका कारण झैझगडा भएको विषयलाई लिएर मंगलबार बिहान दुवै पक्षबीच झडप हुँदा वडाध्यक्ष शाही र भीड नियन्त्रण गर्ने क्रममा भीडले ढुंगा प्रहार गर्दा ३ जना प्रहरी घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य रहेको छ । 

स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायरसमेत गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)लगायतका प्रहरी युनिट र सशस्त्र प्रहरी बल समेतबाट थप सुरक्षाकर्मीको टोली उक्त स्थानमा खटिई  स्थितिलाई नियन्त्रणमा लिने प्रयास भएको   छ ।
 

प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्