Kathmandu Press

थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ६ : नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख...
थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ ६ : नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ। 

त्यस्तै गत २४ घण्टामा ४४१ जना निको भएर डिस्चार्ज भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या घटेर ३७६४ मा झरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चारजना संक्रमितको निधन भएको छ ।

हालसम्म संक्रमणबाट निधन हुनेको संख्या १९६९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १६:५० बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्