Kathmandu Press

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

काठमाडौं, माघ ६ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार एक विज्ञप्ति...
पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग

काठमाडौं, माघ ६ : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।

‘जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन ओली सरकारलाई चेतावनी दिन चाहन्छु,’ उनले भनेका छन्।

नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि गरेको थियो।

निगमले भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको बताएको छ।

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, माघ ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्