तास खेलिरहेका २४ जना पक्राउ
सूर्यविनायक नगरपालिका–६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा सुमनलगायत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर– सूर्यविनायक नगरपालिका–६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा सुमनलगायत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ८९ हजार ९ सय ५० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित बीएम रेस्टुरेन्टमा तास खेलिरहेको अवस्थामा रेस्टुरेन्ट सञ्चालक सोही ठाउँ बस्ने ४१ वर्षीय बद्री कोजुलगायत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ४ सय २० रुपैयाँ र ताससहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











