Kathmandu Press

मोटरसाइकलको पछि बस्नेलाई पनि हेलमेट अनिवार्य

काठमाडौं, ५ जेठ : काठमाडौं उपत्यकामा चल्ने मोटरसाइकलको पछि बस्नेले पनि अब अनिवार्य रुपमा हेल्मेट लाउनुपर्ने भएको छ। ट्राफिक प्रहरीले आउँदो असारदेखि ला....

मोटरसाइकलको पछि बस्नेलाई पनि हेलमेट अनिवार्य
रिवाज राई

काठमाडौं, ५ जेठ : काठमाडौं उपत्यकामा चल्ने मोटरसाइकलको पछि बस्नेले पनि अब अनिवार्य रुपमा हेल्मेट लाउनुपर्ने भएको छ। ट्राफिक प्रहरीले आउँदो असारदेखि लागु हुनेगरी मोटरसाइकलको पछि बस्नेलाई पनि हेलमेट अनिवार्य गरिएको जनाएको छ।

सडक दुर्घटनामा चालकलाई भन्दा पछि बस्नेको ज्यान जाने खतरा बढी देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले बताए।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट ३ पाङ्ग्रे र सार्वजनिक साना सवारी हटाउने तयारी पनि गरेकाे छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे टेम्पो र सानो आकारको माइक्रोको संख्या बढी भएकाले उपत्यकाको ट्राफिक व्यवस्थापन असहज भएपछि यस्ता सवारी हटाउने तयारी गरिएको जनाएको हो। 

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख तथा एसएसपी वसन्त पन्तले सहज सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापन चुस्त राख्न साना सार्वजनिक सवारी हटाएर ठूला सवारी भित्र्याउने सरकारको नीतिअनुसार त्यस्ता सवारी सञ्चालनमा रोक लगाउने तयारी गरेको बताए। हाल एउटै रुटमा साना र ठूला सवारी साधन सञ्चालन हुँदा ट्राफिक जामको समस्या बढेको एसएसपी पन्तले बताए। 

महाशाखाले सार्वजनिक सवारी र यातायातमा सुधार ल्याउन ३ महिनादेखि सञ्चालन गरिरहेको अभियानका क्रममा उपत्यकाका विभिन्न स्थानमा सवारीको धुँवा परीक्षण गरिरहेको जनाएको छ । महाशाखाले आर्थिक बर्ष २०७५÷७६ बैंशाख मसान्तसम्म तीन लाख ८४ हजार चालकलाई बिभिन्न कसुरमा कारवाही गरेको जनाएको छ। महाशाखा प्रमुख  पन्तले सवारी साधनको अवस्थाका बारेमा पनि महाशाखले निगरानी गरिरहेको बताए। 

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, जेठ ५, २०७६