Kathmandu Press

बालविवाह गराएको आरोपमा बेहुला बेहुलीसहित चार जना  पक्राउ  

हनुमाननगर कंकालिनी नगरपालिका–१४ रामपुरमा बालविवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ
बालविवाह गराएको आरोपमा बेहुला बेहुलीसहित चार जना  पक्राउ  

सप्तरी– हनुमाननगर कंकालिनी नगरपालिका–१४ रामपुरमा बालविवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिका–३ बस्ने बेहुला ४३ वर्षीय विनोद सुतियार, विवाह गराउने कार्यमा संलग्न सोही ठाउँ बस्ने ६७ वर्षीय रामेश्वर शर्मा र बेहुलीकी ४५ वर्षीया आमा रहेका छन् ।

बालविवाह भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति: १२:५२ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्