Kathmandu Press

आगलागी भएको सोल्टी अपार्टमेन्टबाट २३ जनाको सकुशल उद्धार 

काठमाडौं महानगरपालिका–१४ रबिभवनस्थित सोल्टी अपार्टमेन्टको तेश्रो तल्लाबाट करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा अपार्टमेन्टमा रहेका २३ जनालाई सकुशल उद्धार गरिएको छ ।
आगलागी भएको सोल्टी अपार्टमेन्टबाट २३ जनाको सकुशल उद्धार 

काठमाडौं– काठमाडौं महानगरपालिका–१४ रबिभवनस्थित सोल्टी अपार्टमेन्टको तेश्रो तल्लाबाट करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा अपार्टमेन्टमा रहेका २३ जनालाई सकुशल उद्धार गरिएको छ ।

अपार्टमेन्टमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय र दमकलसमेतको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै १६ जना पुरुष, ५ जना महिला र २ जना बालबालिकालाई सकुशल उद्धार गरिएको हो । 

आगलागीमा परेर सामान्य घाइते भएका सोही अपार्टमेन्टमा बस्ने भारतकी २७ वर्षीया प्रतिभा अग्रवाल र उनको २ दिनको छोरालाई उपचारका लागि सहिद मेमोरियल अस्पताल कलंकी लगिएकोमा उपचार पश्चात डिष्चार्ज भएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । 
 

प्रकाशित मिति: १२:४८ बजे, मंगलबार, माघ ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्