Kathmandu Press

धम्काउँदै रकम असुली गर्न खोजेको अभियोगमा तीन जना पक्राउ 

धम्काउँदै रकम असुली गर्न खोजेको अभियोगमा काठमाडौं बागबजार मोडल हस्पिटल अगाडिबाट ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
धम्काउँदै रकम असुली गर्न खोजेको अभियोगमा तीन जना पक्राउ 

काठमाडौं– धम्काउँदै रकम असुली गर्न खोजेको अभियोगमा काठमाडौं बागबजार मोडल हस्पिटल अगाडिबाट ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा काठमाडौं असन बस्नेहरु दोलखा मेलुङ गाउँपालिका–२  का १९ वर्षीय प्रदीप कार्की, दोलखा शैलुङ गाउँपालिका–८ का १९ वर्षीय सुरज भण्डारी र काठमाडौं काडाँघारी बस्ने दोलखा शैलुङ गाउँपालिका–८ का २१ वर्षीय किरण कार्की रहेका छन् । 

काठमाडौं उपत्यकाका विभिन्न व्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर धम्की दिई लाखौं रकम माग गरी उक्त रकम नदिए क्षति पुर्‍याउने भनी धम्की दिने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: १९:१८ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्