Kathmandu Press

दामोदर न्यौपानेको संयोजकत्वमा सांस्कृतिक पत्रकार समाज    

विभिन्न सञ्चार माध्यममा सांस्कृतिक विषयमा कलम चलाइरहेका सञ्चारकर्मीको भेलाले नेपाल सांस्कृतिक पत्रकार समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।     
दामोदर न्यौपानेको संयोजकत्वमा सांस्कृतिक पत्रकार समाज    
Hardik ivf

काठमाडों–  विभिन्न सञ्चार माध्यममा सांस्कृतिक विषयमा कलम चलाइरहेका सञ्चारकर्मीको भेलाले नेपाल सांस्कृतिक पत्रकार समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।     

कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपानेको संयोजकत्वमा गठित समितिमा राससका पूर्णप्रसाद मिश्र, रेडियो नेपालका अच्युत अर्याल, नेपाल टेलिभिजनका राजेन्द्रराज तिमल्सिना, कान्तिपुर एफएमका अच्युत सुवेदी, गौरी मासिकका अर्जुन लामिछाने, शुभारम्भ मासिकका दिनेश सिम्पाने पोखरेल, साप्ताहिक विमर्शका जयराम सापकोटा, छयोर्तेन मासिकका अमित लामा, पूर्णिमादर्शन मासिकका बिदुर सापकोटा, स्वतन्त्रता पत्रकार पदम श्रेष्ठ, इ–कागजकी सुनिता साखकर्मी, काठमाडौँ प्रेसकी सरिसा अछामी र खबर हबकी सविना कार्की सदस्य रहेका छन्  ।     
     
तदर्थ समितिले ६ महिनामा समाजको विधान तर्जुमा गरी विधिवत् रुपमा संस्था सरकारी निकायमा दर्ता गर्ने निर्णय पनि भेलाले गरेको छ । समाजले संस्कृति, सम्पदा, पुरातत्वका विषयमा कलम चलाउने सञ्चारकर्मीको हकहितमा काम गर्ने जनाइएको छ । ती क्षेत्रको संरक्षणमा समेत आवाज उठाउने संयोजक न्यौपानेले जनाए ।

प्रकाशित मिति: १८:२४ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्