प्रतिनिधिसभा विघटनविरुद्ध रिट : आज दुई अधिवक्ताको मात्र बहस
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सोमबार निवेदकतर्फका दुई जना अधिवक्ताले बहस गरेका छन् । सोमबारको सुनुवाइमा अधिवक्ताद्वय दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका हुन् ।
काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सोमबार निवेदकतर्फका दुई जना अधिवक्ताले बहस गरेका छन् । सोमबारको सुनुवाइमा अधिवक्ताद्वय दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका हुन् ।
आइतबार भने चार जनाले बहस गरेका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । ती सबैमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
संवैधानिक इजलासमा मंगलबारलाई थप बहस हुनेछ। सोमबार अधिवक्ता पोखरेलले लामो बहस गर्दै प्रतिनिधिसभा विघटन सदर हुँदा संविधान नै बाँकी नरहने तर्क गरेका थिए ।
प्रकाशित मिति: १६:०९ बजे, सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











