Kathmandu Press

मन्दिर जादै गरेको जीप दुर्घटना हुँदा तीनको मृत्यु, तीन घाइते

बैतडी, जेठ ५ : मन्दिरमा पूजा गर्न गइरहेका यात्रु बोकेको जीप बैतडीमा दुर्घटना भएको छ। जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्....

मन्दिर जादै गरेको जीप दुर्घटना हुँदा तीनको मृत्यु, तीन घाइते

बैतडी, जेठ ५ : मन्दिरमा पूजा गर्न गइरहेका यात्रु बोकेको जीप बैतडीमा दुर्घटना भएको छ। जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बैतडीको दशरथचन्द नगरपालिका–१० बराकोटका बासिन्दा स्थानीय देउताल मन्दिरमा पूजा गर्न गएका थिए। उनीहरू चढेको ग १ च ४९२१ नम्बरको जिप दशरथचन्द नगररपालिका–११, नानीगाडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नेत्रमणि गिरीका अनुसार, दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएका छ। उनीहरू सनखात हुन सकेको छैन्।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई सदरमुकामस्थित जिल्ला अस्पताल ल्याउन लागिएको छ।

जीप सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, जेठ ५, २०७६