Kathmandu Press

संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ : पौडेल 

जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन । त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ ।
संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ : पौडेल 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्, ‘लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ ।’  

पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनामा जोड दिँदै यसपछि मात्र निर्वाचनमा जानु उपयुक्त हुने मत पेस गर्दै आएका छन्। वरिष्ठ नेता पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्नेसमेत बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन । त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ ।’

कांग्रेसको संस्थापन पक्ष चुनाव वा प्रतिनिधिसभा दुवै स्वीकार्न तयार रहेको बेला पौडेल पक्ष भने पहिले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने पक्षमा छन् । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। ओलीको कदम असंवैधानिक भन्दै कांग्रेस सडकमा ओर्लिएको छ।

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, माघ ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्