Kathmandu Press

झापाबाट लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ

झापा, माघ ५  : प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दमक नगरपालिका १ बुद्ध टोलका ३२ वर्षीय देबेन्द्र राई, गौरादह...
झापाबाट लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ

झापा, माघ ५  : प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा दमक नगरपालिका १ बुद्ध टोलका ३२ वर्षीय देबेन्द्र राई, गौरादह नगरपालिका २७ वर्षीय को लक्ष्मण दास र १९ वर्षीय राम शाह रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो। प्रहरीले राईको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाईलो पदार्थ दुई ग्राम, नगद चार हजार रुपैयाँ तथा मोवाईल सेट एक थान बरामद गरेको छ।
 
त्यस्तै, शाह र दासको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको लिसाईलो पदार्थ २३ ग्राम २०० मिलिग्राम सहित मे ७ प ९०८१ नं. को मोटरसाईकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी राकेश थापाले बताए। 

साथै, उनीहरुलाई लिएर अनुसन्धान थालिएको उनले बताए।
 

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, माघ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्