Kathmandu Press

भारतमा आज अन्तिम चरणको चुनाव

काठमाडौं, जेठ ५ : भारतमा आज अन्तिम चरणको चुनाव भइरहेको छ। आज आठ राज्यका ५९ सिटमा मतादान भइरहेको छ।

सातौ चरणमा भइरहेको निर्वाचनमा सुरक्षा व्य....

भारतमा आज अन्तिम चरणको चुनाव
एजेन्सी

काठमाडौं, जेठ ५ : भारतमा आज अन्तिम चरणको चुनाव भइरहेको छ। आज आठ राज्यका ५९ सिटमा मतादान भइरहेको छ।

सातौ चरणमा भइरहेको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। आज पंजाबका १३, चंडीगढको एक, उत्तर प्रदेशको १३, पश्चिम बंगालको नौ, हिमाचलको चार,

बिहारको आठ, मध्य प्रदेशको आठ र झारखण्डको तीन सीटमा मतदान जारी छ।

सबै राज्यमा मतदाता बिहानैदेखि मतादान केन्द्रमा लामबद्ध भएका छन्। बिहान ११ बजेसम्म २१ प्रतिशतसम्म मतदान भएको छ।

यस अघि ६ चरणमा मतदान भइसकेको छ। सबैको मतगणना एकै पटक मे २३ मा हुनेछ।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नरेन्द्र मोदीलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावी मैदानमा छ।

त्यस्तै, विपक्षी कांग्रेस पार्टी राहुल गान्धीको नेतृत्वमा चुनाव लडिरहेको छ। यद्यपी प्रधानमन्त्रीको को बन्ने एकीन गरेको छैन्।

 

प्रकाशित मिति: ११:५४ बजे, आइतबार, जेठ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्