त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते (अपडेट)
धादिङ, जेठ ५ : झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
प्रहरीका अन....
धादिङ, जेठ ५ : झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार, चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा २९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए।
प्रहरीका अनुसार, मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँको थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन्। रहेको प्रहरीले जनाएको छ । अन्य दुईको सनाखत हुन सकेको छैन।
ना ७ ख ४३८७ नं.को बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो।
दुर्घटनाको कारण खुल्न सकेको छैन।






