राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा संसद् विघटन गरेको हुँः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन् ।
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन् । अखिल नेपाल महिला संघ (अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकमा उनले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन सिफारिस गरेको बताएका हुन् ।
‘संविधानमा राष्ट्रपतिले सरकारको सिफारिसमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो,’ उनले भने, ‘कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।’
पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण आवश्यकता रहेकामा अहिले त्यो प्राप्त भएको ओलीको भनाइ थियो ।
प्रकाशित मिति: १८:५४ बजे, आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











