Kathmandu Press

निर्वाचन आयोगले लियो  राजनीतिक दलबाट परामर्श    

निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग आगामी प्रतिनिधिसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउने उद्देश्यले रायसुुझाव लिएको छ ।     

राजनीतिक दलका प्रतिनिधिलाई आयोगमा बोलाएर मतदाता नामावली अद्यावधिक एवं मतदान स्थल र केन्द्र पुुनरालोकनका विषयमा केन्द्रित रहेर सुुझाव लिइएको हो । मुुलुकका ७५३ वटै पालिकामा यही माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिँदैछ । केन्द्र, प्रदेश र स्थानीय तहका राजनीतिक दलका समितिको उल्लेख्य सहयोग, समन्वय र सहभागिताका लागि आवश्यक निर्देशनको अपेक्षा राख्दै आयोगले राजनीतिक दललाई यसअघि नै पत्राचार गरिसकेको छ ।     
     
आयोगका अनुसार माघ १५ गते कार्यक्रमको सूूचनासहित मतदाता नामावली प्रकाशन गर्ने, कुुनै नाम वा विवरण त्रुुटि भएमा सच्च्याउन १६ र १७ गते निवेदन दिने र कसैले झुुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए प्रमाणसहित सोही मितिमा नै उजुुरी तथा दोहोरो नाम हटाउन निवेदन दिने कार्यक्रम तय भएको छ ।     
     
माघ १८ गते उजुुरी परेका मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने, माघ २० गते मतदाताले दिएको सफाइका आधारमा उक्त मतदाताको नामावलीबाट नाम हटाउने वा राख्ने सम्बन्धमा प्रमुुख नाम दर्ता अधिकारीसमक्ष सिफारिस गरिनेछ ।   

प्रकाशित मिति: १८:४९ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्