Kathmandu Press

नम्बर प्लेट परिवर्तन गरेर चोरीको मोटरसाइकल चलाउने दुई जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखा ललितपुरले भक्तपुरबाट चोरी भएको २२० सिसीको पल्सर मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।
नम्बर प्लेट परिवर्तन गरेर चोरीको मोटरसाइकल चलाउने दुई जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सिसीको पल्सर मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आजगौशाला क्षेत्रबाट जिल्ला सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका वडा नं। ९ का  २५ वर्षीय रुद्रबहादुर श्रेष्ठले वास्तविक नम्बर प्लेट परिवर्तन गरी बा९९प ४११४ नम्बरको रातो कालो रङको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा पक्राउ गरिएको  ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

भक्तपुर नगरपालिका वडा नं ४ का सुमन सुवालको वास्तविक नम्बर बा९४प ९३३८ भएको रातो कालो रङको २२० सिसीको पल्सर मोटरसाइकल भक्तपुर सूर्यविनायकबाट हराएको थियो ।

खोजतलास  गर्दा चोरीमा संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जनाए ।
 

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्