Kathmandu Press

लुटपाटपश्चात् हत्याका फरार योजनाकार पक्राउ

लुटपाटपश्चात् हत्याका फरार योजनाकार सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ का ४२ वर्षीय सोनाम तामाङलाई काभ्रे धुलीखेल नगरपालिका–१ मयुरपार्कबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
लुटपाटपश्चात् हत्याका फरार योजनाकार पक्राउ

काठमाडौं– लुटपाटपश्चात् हत्याका फरार योजनाकार सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–२ का ४२ वर्षीय सोनाम तामाङलाई काभ्रे धुलीखेल नगरपालिका–१ मयुरपार्कबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

गत असोज २१ गते रामेछाप सोनापती गाउँपालिका–३ का ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)लाई लुटपाट पछि हत्या गरेको घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले सोनामलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त जगाती पठाइएको छ ।
 

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्