Kathmandu Press

मौसम सफा हुन अझै केही दिन लाग्ने

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं, माघ ४ : मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ। देशका पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ। 
    
उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्णरुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए। उनका अनुसार तत्काल वर्षा हुने सम्भावना भने रहेको छैन। वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको सम्भावना नभएको बताइएको छ। 

वर्षा हुनका लागि प्रयाप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनुपर्दछ। अहिले त्यो भएको छैन। गत वर्ष डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो। यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन्। (मङ्सिर, पुस र माघ) महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ। यस वर्ष माघ शुरु भइसक्दा पनि हिउँदे वर्षा भएको छैन्। 

हाल देशका प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। राति देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री र अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबै भन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस २.६ डिग्री र सबै भन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ। 

प्रकाशित मिति: १३:३३ बजे, आइतबार, माघ ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्