भन्सार छली ल्याएका मोबाइल बरामद
भैरहवाबाट काठमाडौं आँउदै गरेको लु२ख ४२१६ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा विभिन्न कम्पनीका २३ थान मोबाइल बरामद गरिएको हो ।
काठमाडौं– भन्सार छली काठमाडौं ल्याउन खोजिएका मोबाइल बरामद गरिएको छ । २ नागढुंगास्थित चेकजाँचको क्रममा भैरहवाबाट काठमाडौं आँउदै गरेको लु२ख ४२१६ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच तथा खानतलासी गर्ने क्रममा विभिन्न कम्पनीका २३ थान मोबाइल बरामद गरिएको हो ।
बिल तथा कागजात नभएको अवस्थामा बरामद भएका मोबाइलबारे आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइनेछ ।
प्रकाशित मिति: १२:५६ बजे, आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











